१० असार २०८३, बुधबार

नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक मन्त्रालयको अग्रसरता

असोज ६, २०८१
काठमाडौं
नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक मन्त्रालयको अग्रसरता

नेपाली ईन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिएको छ । नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्वन्धन र स्विकृति नपाई रहेको अवस्थामा मन्त्रालय अग्रसर भएको हो । 

यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले छलफल अघि बढाएका हुन् । 
नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन उनले ईन्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग छलफल गरेका हुन्। त्यस क्रममा उनले नेपाली दक्ष र उच्च शिक्षा लिएका ईन्जिनियरहरुको क्षमतालाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न मन्त्रालयले प्राथमिकता दिने बताए । 
वासिङ्टन एकडमा विश्वका २५ राष्ट्र आवद्ध रहेको र थप राष्ट्रहरु पनि आवद्ध हुने प्रकृयाका लागि छलफलका क्रममा रहेको जनाईएको छ । उक्त एकडमा आवद्ध राष्ट्रहरुका ईन्जिनियरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक अवसरका लागि ढोका खुल्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्