१२ असार २०८३, शुक्रबार

स्ववियु निर्वाचनविरुद्धको रिट खारेज

असोज ६, २०८१
काठमाडौं
स्ववियु निर्वाचनविरुद्धको रिट खारेज

उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध दायर गरिएको रिट खारेज गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी सङ्काय बिएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी कृष्णप्रसाद अधिकारी, भरत बुढाक्षेत्री, सन्तोष चौधरी र रञ्जित विकले मतदाता नामावलीमा नाम छुटाएको भन्दै गत भदौ २७ गते विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा निर्वाचनका सबै प्रक्रिया रद्द गर्न अन्तरिम आदेशको माग गरिएको थियो ।  

दायर भएको रिटउपर सुनवाइ गर्दै उच्च अदालतले आजका लागि दुवै पक्षलाई छलफलमा सहभागी हुन आदेश दिएको थियो । आज भएको छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्