२४ जेठ २०८३, आइतबार

कुमारी बैंकद्वारा गोकर्णेश्वर नगरपालिकाका महिला उद्यमीलाई प्रशिक्षण​

असोज ८, २०८१
काठमाडौं
कुमारी बैंकद्वारा गोकर्णेश्वर नगरपालिकाका महिला उद्यमीलाई प्रशिक्षण​

कुमारी बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका महिला उद्यमीहरूलाई प्रशिक्षण​ दिएको छ ।​​​

यूसएड र गोकर्णेश्वर नगरपालिकासँगको ​साझेदारीमा बैंकले 'देशैभरि, वर्षैभरि' उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियानअन्तर्गत कार्यक्रम गरेको हो ।

वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारीको छ ।

यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।

आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाइमार्फत आफ्ना ग्राहकलाई बैंकले अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । 

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्