१२ असार २०८३, शुक्रबार

जिपिएस प्रणाली जडान गर्ने योजनामा अलमल

असोज ९, २०८१
काठमाडौं
जिपिएस प्रणाली जडान गर्ने योजनामा अलमल

सार्वजनिक यातायातमा जिपिएस प्रणाली (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गर्ने सरकारी योजना अलपत्र छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न तीन वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो । तर हालसम्म जम्मा ४० वटा सवारीसाधनले मात्र जडान गरेका छन् । 

यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क भनिएका १०० मध्ये ६० वटा कोटा अझै बाँकी रहेको विभागले जनाएको छ । 

विभागले नमुना अभ्यासका लागि सवारीमा जिपिएस सुरु गरेको थियो । तर यातायात व्यवसायी नै अनिच्छुक भएपछि यो अभियानले गति लिन सकेको छैन । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार जडान गर्ने सिस्टम तयारी अवस्थामा रहेपनि थप प्रगति भएको छैन । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्