२६ जेठ २०८३, मंगलबार

हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक सञ्चालनमा

असोज ९, २०८१
हेटौंडा
हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक सञ्चालनमा
फाइल तस्वीर

हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ ।

उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो । ​​​

निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्