१६ असार २०८३, मंगलबार

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

असोज ९, २०८१
काठमाडौं
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा–९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, 'इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटीएम, मोबाइलसहितका सरसामान लुटपाट गरेको आरोपमा उनीहरूलाई गएराति पक्राउ गरिएको हो ।'

उनीहरूले काभ्रेको बनेपा–६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरेका थिए ।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्