
एफए कप फुटबलमा दुई बलिया टोली आर्सनल र लिभरपुलले सहज जीत निकालेका छन् । बिहीबार राति समपन्न खेलमा आर्सनलले बोल्टन वान्डरेसलाई र वेष्टहम युनाइटेडलाई हराएको हो ।
आर्सनलले वान्डरेस ५–१ ले हरायो । आर्सनलको जितमा इथान वानेरीले दुई गोल गरे । डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभार्टजले समान एक गोल गरे ।
अर्को खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ५–१ ले हरायो । दश खेलाडीमा सीमित वेष्टहमविरुद्ध डिअगो जोटा र कोडी गाक्पोले समान एक दुई गर्दा मोहम्मद सलाहले थप एक गोल गरे ।
यसअघि खेलको २१औं मिनेटमा लिभरपुलका जरेल क्वान्साहले आत्माघाती गोल गर्दा भ्रमणकारी टोली वेष्टहम युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।