२४ जेठ २०८३, आइतबार

वीरगञ्जबाट ५ अर्ब २६ करोडका सामान निर्यात

असोज १०, २०८१
पर्सा
वीरगञ्जबाट ५ अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेले रु ४९ करोड ५९ लाख २८ हजार मूल्य पर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

चालू आवको भदौ मसान्तसम्म ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ । 

त्यसैगरी, गत आवको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो ।

चालू आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

चालू आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ ।

गत आवको तुलनामा चालू आवको सोही अवधिमा गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ ।

चालू आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार  आठ सय लिटर जुस जाम निर्यात भएको छ ।

गत आवको भदौ मसान्तको तुलनामा चालू आवको सोही अवधिमा जुस जामको निर्यात भने  पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।

चालू आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्