२५ जेठ २०८३, सोमबार

भरियो कुलेखानी, २ वटा गेट खोल्ने तयारी

असोज १२, २०८१
काठमाडौं
भरियो कुलेखानी, २ वटा गेट खोल्ने तयारी

कुलेखानी जलशयको जल सतह भरिएको छ । यससँगै २ वटा गेट खोल्ने तयारी भएको  कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान कुलेखानी जलाशय भरिएर ओभरफ्लो सुरु भएको छ । 

उनका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ ।
वर्षा भइरहेकाले कुलेखानीमा थप पानी संकलन गर्ने अवस्था नरहेको उनले बताए । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले कुलेखानीको गेट खोल्ने तयारी भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्