२६ जेठ २०८३, मंगलबार
विपत्ति

पहिरोले घर पुरिँदा काभ्रे र पाँचथरमा चार जनाको मृत्यु, ७ बेपत्ता

असोज १२, २०८१
काठमाडौं
पहिरोले घर पुरिँदा काभ्रे र पाँचथरमा चार जनाको मृत्यु, ७ बेपत्ता

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा एउटा घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएराति पहिरो गएपछि स्थानीय भीमबहादुर तामाङको १ तल्ले घर पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र अर्की एक ४० वर्षीया महिला नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्रका डीएपी शैलेन्द थापाका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका-५ स्थित गुँरासे बस्ने सन्तोष तामाङ्गको कच्ची घर पहिरोले पुरिँदा उनकी श्रीमती ३२ वर्षीया आशा तामाङ र उनकी आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । 

उनीहरूको खोजी कार्य भइरहेको थापाले बताए । 

यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उनीहरूको पहिचान खुलेको छैन । 

यसैगरी काभ्रेकै पनौती नगरपालिका- ११ थुम्की भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना बेपत्ता भएको खबर प्राप्त भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्