२६ जेठ २०८३, मंगलबार

काभ्रे पहिरो अपडेट : उठेर गोठमा गएका बाबु बचे, २ छोरी घरसहित पुरिए

असोज १२, २०८१
काठमाडौं
काभ्रे पहिरो अपडेट : उठेर गोठमा गएका बाबु बचे, २ छोरी घरसहित पुरिए
फाइल तस्वीर

पहिरोले घर पुर्दा काभ्रेको पनौती नगरपालिका– १ मा २ युवतीको मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजेतिर गएको पहिरोमा परी पनौती १ पाटपारेका रामप्रसाद सापकोटाका २ छोरीको निधन भएको हो ।

माथिबाट आएको पहिरोले घरसहित २ युवतीलाई पुरेको स्थानीय राजु तामाङले जानकारी दिए । आमालाई भने जीवितै उद्धार गरिएको छ ।

‘पहिरोले स्थानीय रामप्रसाद सापकोटाका २ छोरीलाई पुरेको छ । केही स्थानीयले आमालाई घाइते अवस्थामा उद्धार गर्‍यौं । मृतकको शव निकाल्न सकिएको छैन,’ स्थानीय राजु तामाङले लोकान्तरसँग भने ।

दुई युवती अन्दाजी २४ र २५ वर्ष उमेरका हुन् ।

बिहान उठेर नजिकै रहेको गोठमा गाइवस्तुलाई हेर्न गएका बाबु भने पहिरोबाट जोगिएका छन् ।

साथै, पनौती १ कै निउरेखोलामा माथिबाट आएको पहिरोमा परी १ महिला बेपत्ता भएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्