
अविरल वर्षाका कारण सिर्जित विपदबारे उपप्रधानमन्त्री, मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूबीच प्रधानमन्त्री कार्यालयमा छलफल शुरू भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक रूपमा बैठक बोलाएका हुन् ।
बिहीवार रातिदेखि देशभर परेको वर्षाले शनिबारसम्म देशका विभिन्न स्थानमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ ।
३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् । देशका विभिन्न स्थानमा पुल, सडक बाढी र पहिरोले बगाउँदा ठूलो भौतिक क्षति भएको छ ।
अविरल वर्षापछिको उद्धार, राहतसहितका तयारीबारे छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले उपप्रधानमन्त्री, मन्त्री, सचिव, सुरक्षा प्रमुखसहितको बैठक बोलाएका हुन् ।