२६ जेठ २०८३, मंगलबार
बाढीपहिरो अपडेट

झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो

असोज १३, २०८१
काठमाडौं
झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो
पुरिएको अवस्थामा शनिवार भेटिएको एउटा बस ।

त्रिभुवन राजपथअन्तर्गत नौबीसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस आइतवार बिहान पुरिएको अवस्थामा भेटिएको छ ।

बसको केही भाग मात्र देखिएकाले नम्बर खुल्न नसकेको धादिङ प्रहरीले जनाएको छ । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।

गोरखाबाट शुक्रवार बिहान काठमाडौंका लागि छुटेर सम्पर्कविहीन भएको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । तर त्यही हो भनेर यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय, गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले लोकान्तरलाई बताए ।

शुक्रवार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।

उक्त बस शुक्रवार राति १० बजे धादिङको नौबीसेसम्म आएपछि सम्पर्कविहीन भएको हो । उक्त बस लापुबेसीबाट बिहान ७ बजे छुटेको थियो । 

झ्याप्ले खोलामै शनिवार दुईवटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्