२६ जेठ २०८३, मंगलबार

काठमाडौंका ८ स्थानमा सवारी आवागमन अवरुद्ध, १६ वटा टाटा सुमो फसे

असोज १३, २०८१
काठमाडौं
काठमाडौंका ८ स्थानमा सवारी आवागमन अवरुद्ध, १६ वटा टाटा सुमो फसे

दुई दिने झरीले काठमाडौंको कीर्तिपुरसहित ८ स्थानमा बाढी पहिरोले सवारी अवरोध पुर्‍याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार कीर्तिपुरमा शनिबार साँझ चोभार गेट नजिक २५ देखि ३० वटा रुख ढलेर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

अहिले रुख हटाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए ।

त्यस्तै स्वयम्भूको इचङ्गुनारायण मन्दिरनजिक पहिरो जाँदा घर पुरेर बाटोसमेत अवरुद्ध भएको छ ।

उता नागढुंगामा काठमाडौं र धादिङको सीमाना झ्याप्ले खोलाको पहिरो पन्छाउने काम भइरहेको जानकारी अधिकारीले दिए । 

फर्पिङ क्षेत्रका बाँसबारी, हुमाने विष्णुखोला, लामागाउँ, केरावारी, सल्लेरी डाँडा, छैमले माइती खोला, भण्डार खर्कमा काठमाडौं प्रवेश गर्ने सडक अहिले पनि पूर्ण रूपमा अवरोध भएकाले सुरक्षा निकाय र स्थानीय तहले पहिरो पन्छाउने काम गरिरहेको छ ।

उक्त सडक खण्डमा १६ वटा टाटा सुमो फसेका छन् ।

बल्खुबाट फर्पिङ जाने बाटो चाल्नाखेलको हवेली र बाँसबारीमा बाटो अवरोध पछि डोजर प्रयोग गरी बाटो खुलाउने पहल भइरहेको जानकारी अधिकारीले दिए ।

त्यस्तै साँखुस्थित शङ्खरापुर नगरपालिकाबाट मेलम्ची सिन्धुपाल्चोक जाने बाटो चौकी भन्ज्याङ र नाग्लेभारे दुवैतिरको बाटो अवरोध रहेको प्रहरीले जनाएको छ ।​​​

बलम्बुस्थित चन्द्रागिरि नगरपालिका दहचोक खहरेमा आइतबार बिहानै ६ बजे पहिरो जाँदा एउटा टहरामा पहिरोले क्षति पुर्‍याएको छ ।

चन्द्रागिरिकै चित्लाङ– कुलेखानी हुँदै हेटौंडा जाने सडक खण्डमा पानिघाट देखि सेतो माटो सम्म ठाँउठाँउमा पहिरो खसेको छ । पहिरोले सवारीसाधन आवतजावतमा अवरोध भएको छ ।

पहिरो हटाउनका लागि सडक विभाग र स्थानीय निकाय सँग पहल भइरहेको जानकारी एसपी अधिकारीले दिए । 

बालाजु बाट मुड्खु जाने बाटोमा रुख ढलि सवारी अवरोध भएपछि रुख हटाउने काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्