०३ साउन २०८३, आइतबार
प्राकृतिक बिपत्ति अपडेट

बाढीपहिरोले उपत्यकाका ३ सहित २० जिल्लामा मानवीय क्षति, जताततै सडक अवरुद्ध

असोज १३, २०८१
काठमाडौं
बाढीपहिरोले उपत्यकाका ३ सहित २० जिल्लामा मानवीय क्षति, जताततै सडक अवरुद्ध

शुक्रवार र शनिवार दुई दिनको लगातारको भारी वर्षासँगै आएको बाढीपहिरोले उपत्यकाका तीनसहित २० जिल्लामा मानवीय क्षति भएको छ । धेरै मानिसको ज्यान जानुका साथै भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । 

गृह मन्त्रालयका अनुसार धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ ।

हालसम्मको सरकारी तथ्यांक अनुसार १०४ जनाले ज्यान गुमाएका छन् भने ७३ जना घाइते भएका छन् ।  उपत्यका भित्रिने र बाहिरिने राजमार्गहरू ठप्प छन् । विशेषगरी धादिङको झ्याप्ले खोलामा लेदोसहित खसेको पहिरोले धेरै मानवीय क्षति हुन पुगेको छ । उपत्यका भित्रिने र बाहिरिने नाकामध्येको झ्याप्ले खोलामा आइतवार दिउँसो पनि पहिरोले पुरिएका शव निकाल्ने काम भइरहेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार हाल तीन हजार ९८३ जना सुरक्षाकर्मी अहिले पनि बाढीपहिरोमा उद्धारका लागि खटिएका छन् । हालसम्म तीन हजार ९३९ जनाको उद्धार भइसकेको प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । कार्कीका अनुसार बाढी पहिरोमा परी ६४ जना अझै बेपत्ता छन् ।

यस्तै बाढीपहिरोबाट देशभरका अधिकांश मुख्य सडकमा क्षति पुगेको पुगेको छ । राजधानी काठमाडौं आउने अधिकांश सडक अवरुद्ध छन् ।  

यी स्थानका सडक अझै पूर्ण अवरुद्ध:

उपत्यका– दक्षिणकाली–सिस्नेरी सडकखण्ड, फर्पिङ सडकखण्ड र लेले–टीकाभैरव सडकखण्ड ।

कोशी प्रदेश – धनकुटाको राँके–भेडेटार सडकखण्ड, मध्य पहाडी लोकमार्ग, दिक्तेल– गाईघाट सडकखण्ड, इलामले छुने मेची राजमार्ग र उदयपुरको सिद्धिचरण राजमार्ग ।

बागमती प्रदेश – कान्ति लोकपथ, भीमफेदी–कुलेखानी सडक, टिस्टुङ–देउरालीले छुने त्रिभुवन राजपथ, कुलेखानी मार्खु सडक, रसुवाले छुने गोसाइकुण्ड टिमुरेमा पर्ने पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोको रोशीस्थित बीपी राजमार्ग, सिन्धुलीस्थित गोलन्जोरको मध्य–पहाडी लोकमार्ग, फिक्कल गाउँपालिकाको सुम्नाबेशी, धादिङको धुनीवेशी, थाक्रृे, बेनिघाट रोराङ, गजुरी, गल्छीले छुने त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्