१० असार २०८३, बुधबार

बाढी पहिरोले २० जलविद्युत् आयोजनामा क्षति, कुन आयोजनामा कति ?

असोज १३, २०८१
काठमाडौं
बाढी पहिरोले २० जलविद्युत् आयोजनामा क्षति, कुन आयोजनामा कति ?

प्रारम्भिक तथ्यांकअनुसार निजी क्षेत्रका २० आयोजनाको करिब २ अर्ब ३१ करोड क्षति भएको जनाइएको छ ।

आइतबारसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार निजी क्षेत्रका २० आयोजनाको करिब २ अर्ब ३१ करोड क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।​

क्षतिग्रस्त निजी क्षेत्रबाट प्रवर्धित जलविद्युत आयोजनाहरूको प्रारम्भिक विवरण :

२० आयोजना प्रभावित, १५ आयोजनामै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति, अन्यको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

मान्डू हाइड्रोपावरद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना, मकवानपुर (पावर हाउस पूणरूपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिब १ अर्ब रुपैयाँ बराबरको क्षति ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

पाँचथर पावरद्वारा प्रवर्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुन:निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।

साहस ऊर्जाद्वारा प्रवर्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवर्क्स क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिब ५ करोड रुपैयाँ बराबर क्षति ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारण लाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।​

फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणरूपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।​

सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिब २ करोड रुपैयाँ बराबर क्षति ।

सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।

इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादिङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।​

सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिब ३ करोड रुपैयाँ बराबर क्षति ।

लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिब ८ करोड रुपैयाँ बराबरको क्षति ।

सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा टिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।

खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।​

टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँच मार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति । 

माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँच मार्गमा क्षति, करिब २ करोड रुपैयाँ बराबरको क्षति ।

यसका साथै अधिकांश आयोजनाहरू सम्पर्कविहीन र पहुँच मार्ग अभावको कारण क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्