०९ असार २०८३, मंगलबार

दुर्गा प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

असोज १५, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
फाइल तस्वीर

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

स्रेस्तेदार रामु शर्माका अनुसार ठाकुरप्रसाद खरेलको इजलासले उनीविरुद्ध दायर भएका दुई वटा मुद्दामा ५०/५० हजार रुपैयाँको दरले धरौटी तारेखमा राख्ने आदेश गरेको हो ।

प्रसाईंविरुद्ध साइबर ब्यूरोले विद्युतीय कारोबार कसुर ऐन अन्तर्गत दुई वटा मुद्दा दायर गरेको थियो ।

अदालतको आदेशपछि ९ दिनमा उनी रिहा हुने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्