
डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्शन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ।
यस अफरले ग्राहकहरूका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् ।