२९ असार २०८३, सोमबार

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण

असोज १५, २०८१
काठमाडौं
इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण

इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेको छ । नेपाली समयअनुसार मंगलबार राति इरानले  आफ्नो शत्रु राष्ट्र इजरायलविरुद्ध मिसाइल आक्रमण गरेको हो । 
इरानको सरकारी समाचार एजेन्सीले तेहरानको सेनाले इजरायलतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । 

यता इजरायलले इरानबाट आफ्नो देशमा मिसाइल आक्रमण भएको पुष्टि गरेको इजरायली सेनालाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ । 

इजरायलले अर्को सूचना नभएसम्म सुरक्षित स्थानमा रहन आफ्ना नागरिकलाई अनुरोध गरेको छ । 

इजरायलमा इरानले सयभन्दा बढी मिसाइल प्रहार गरेको बताइएको छ । इरानी आक्रमणसँगै देशभर साइरन बजिरहेको छ ।

अमेरिकाले केही घण्टाअघि हमला भएको दाबी गरेको थियो । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाले इरानलाई गम्भीर परिणाम भोग्न तयार रहन पनि भनेको छ ।

 अमेरिकी अखबार न्यूयोर्क टाइम्सले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानले तीन इजरायली एयर बेस र तेल अवीवस्थित एउटा गुप्तचर मुख्यालयलाई निशाना बनाएको दाबी गरेको छ। 

यसअघि पनि अप्रिलमा इरानले इजरायलमाथि करिब ३ सय मिसाइल र ड्रोन हमला गरेको थियो । त्यतिबेला इरानबाट ब्यालेस्टिक मिसाइल इजरायलसम्म पुग्न १२ मिनेट लागेको थियो।

इजरायलले अप्रिलमा इरानको आक्रमणलाई असफल बनाएको थियो। इजरायल र उसका सहयोगीहरूले इरानी मिसाइल र ड्रोनलाई हावामा खसालेका थिए।

 इजरायलले लेबनानमा इरान समर्थित सशस्त्र समूहविरुद्ध गरेको व्यापक आक्रमण थालेसँगै इरानले पनि जवाफी कारबाही गरेको समाचारहरुमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्