१६ असार २०८३, मंगलबार

‘सुगर ड्याडी’सहित ४ जनालाई थुनामा पठाउन अदालतको आदेश

असोज १६, २०८१
काठमाडौं
‘सुगर ड्याडी’सहित ४ जनालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले युवायुवतीलाई यातना दिने ‘सुगर ड्याडी’ नामले परिचित आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधवार अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने मुद्दामा देउलासहितका ४ जनालाई थुनामा पठाउन आदेश दिएको हो । 

अदालतले देउलासँगै टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई पनि थुनामा पठाउन आदेश दिएको हो । 

देउला र उनका तीन साथीले पानी तताउने विद्युतीय रडले युवायुवतीलाई यातना दिएका थिए । सो समूहले बन्धक बनाएर युवायुवतीलाई यातना दिने र आनन्द लिने गरेको आरोप लागेको थियो । ३३ वर्षीय देउलासहितको ४ जनाको समूहलाई प्रहरीले गत भदौ १८ गते पक्राउ गरेको थियो । 

रात्रि क्लबमा नियमित जाने देउलाले हाउस पार्टीका नाममा क्लबका युवायुवतीलाई यातना दिएको प्रहरीको भनाइ छ । 

शुरूमा देउला र तामाङलाई मात्रै प्रतिवादी बनाएर एक युवाले जाहेरी दिएका थिए । तर अर्का युवाले चारै जनालाई विपक्षी बनाएर जाहेरी दिएपछि मुद्दाको सुनुवाइ भएको थियो ।  

देउलाको निवासबाट उनले प्रयोग गर्ने नकाब र यातनामा प्रयोग भएका रडसहितका सामान बरामद गरेको थियो । 

काठमाडौंका सिनेट, ओम्निया र एलओडी क्लबमा जाने क्रममा देउला समूहको टोलीले युवायुवतीलाई यातना दिने गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्