२८ जेठ २०८३, बिहीबार

पूर्वका चार जिल्लामा भारी वर्षा, नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम

असोज १७, २०८१
काठमाडौं
पूर्वका चार जिल्लामा भारी वर्षा, नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम
फाइल तस्वीर

पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । यसैगरी बागमती प्रदेशका काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी क्षेत्रका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । 

कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले यी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

यसैगरी आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्