०९ असार २०८३, मंगलबार

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

असोज २३, २०८१
धनुषा
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

हालैको बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ ।

यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाखको क्षति भएको छ । 

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका  खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्