०३ साउन २०८३, आइतबार
कुलेखानी ड्याम प्रकरण:

कुलमानविरुद्ध छानबिन गर्न सहसचिवको नेतृत्वमा मन्त्रालयले बनायो समिति

असोज २३, २०८१
काठमाडौं
कुलमानविरुद्ध छानबिन गर्न सहसचिवको नेतृत्वमा मन्त्रालयले बनायो समिति

ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले गत असोज १२ गते कुलेखानी जलविद्युत आयोजनाको ड्यामको दुवै ढोका खोल्दा भएको जनधनको क्षतिको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्री दीपक खड्काले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ जनाको छानबिन समिति गठन गरेको लोकान्तरलाई बताए ।

'कुलेखानी ड्याम खोलेपछि भएको क्षतिबारे छानबिन गर्न मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५ सदस्यीय छानबिन समिति गठन गरेको छ,' उनले भने, 'स्थानीय पीडितहरूले यसबारे एक साता अघि नै मन्त्रालयमा गुनासो गरेका थिए ।'

उनले विद्युत प्राधिकरणले प्रबन्ध निर्देशक कुलमान घिसिङको ठाडो आदेशमा जोखिम र क्षतिको सामान्य ख्याल समेत नराखी ड्याम खोल्दा इन्द्रसरोवर गाउँपालिकामा धनजनको क्षति भएको बताए ।

गत असोज १२ गते एकै पटक कुलेखानीको ड्यामका दुई वटा ढोका खोलेर झन्ड़ै ४/४ मिटर पानीको निकासी गरिएको थियो ।

मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका महेश बर्तोलाले स्थानीय पीडितसँगै गत साता मन्त्री दीपक खड्कालाई भेटेका थिए ।

पीडितले तत्काल छानबिन तथा जाँचबुझ समिति बनाउन, कमजोरी गर्ने कर्मचारीलाई कारबाही गर्न, भएको क्षति र नोक्सानीप्रति जवाफदेही भई पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनलगायतका माग राखेका थिए ।

आजै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई मन्त्रालयले १५ बुँदे स्पष्टिकरण माग गरेको छ ।  

पढ्नुहोस् यो पनि:

ऊर्जाले कुलमानसँग माग्यो प्राधिकरणको ४ वर्षको वित्तीय र खरिद विवरण

salt training

कमेन्ट गर्नुहोस्