०६ साउन २०८३, बुधबार

वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शनार्थीका लागि खोलिँदै

असोज २५, २०८१
काठमाडौं
वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शनार्थीका लागि खोलिँदै

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज दर्शनार्थीका लागि खोलिँदैछ ।

सो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्दछ ।

मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । 

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । 

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । 

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्