०३ साउन २०८३, आइतबार

९ वर्षपछि पाकिस्तान पुगे भारतीय विदेशमन्त्री जयशंकर

असोज २९, २०८१
काठमाडौं
९ वर्षपछि पाकिस्तान पुगे भारतीय विदेशमन्त्री जयशंकर

भारतीय विदेश मन्त्री एस. जयशंकर शंघाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन मंगलबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

९ वर्षपछि पाकिस्तान पुगेका विदेशमन्त्री जयशंकरलाई नूर खान एयरपोर्टमा पाकिस्तानका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

जयशंकर एससीओ सदस्य देशहरूको प्रतिनिधिहरूको स्वागतका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफद्वारा आयोजित भा दावतमा सहभागी हुनेछन्।

१५ र १६ अक्टोबरमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान पुगेका जयशंकरले त्यहाँ करिब २४ घण्टा बिताउनेछन्।

भारत र पाकिस्तानबीचको सम्बन्ध राम्रो नबनेको बेला विदेशमन्त्री इस्लामावाद पुगेका हुन् ।

फेब्रुअरी २०१९ मा पुलवामा आक्रमण र त्यसपछि बालाकोट एयरस्ट्राइकपछि दुवै मुलुकको सम्बन्धमा तनाव छ ।

अगष्ट २०१९ मा जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि सम्बन्ध अझ बिग्रिएको थियो । 

'कुनै पनि छिमेकीको जस्तो भारत निश्चित रूपमा पाकिस्तानसँग राम्रो सम्बन्ध राख्न चाहन्छ। तर सीमा पारको आतंकवाद जारी रहने बेला यस्तो हुन सक्दैन,’ हालैको एक कार्यक्रममा जयशंकरले भनेका थिए ।

उनको उक्त भनाइका कारण पनि यो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

null

यसअघि डिसेम्बर २०१५ मा तत्कालीन विदेश मन्त्री सुषमा स्वराज पाकिस्तान गएकी थिइन् ।

सुषमा स्वराज पाकिस्तानको राजधानीमा अफगानिस्तानलाई लिएर भएको सम्मेलनमा भाग लिन पुगेकी थिइन् । यद्यपि कश्मीर मुद्दा र पाकिस्तानबाट हुने सीमा पारको आतंकवादका कारण दुवै छिमेकीबीच तनाव अझै छ ।

के हो एससीओ

​अप्रिल १९९६ मा एक बैठक भएको थियो ।

यसमा चीन, रुस, काजाकिस्तान, कीर्गिस्तान र ताजकिस्तान सहभागी भएका थिए ।

यस बैठकको उद्देश्य आपसमा एक-अर्काको जातीय र धार्मिक तनावलाई हटाउन सहयोग गर्नु थियो ।

त्यसबेला यसलाई 'शंघाई फाइव’ नाम दिइएको थियो । यसको गठन १५ जुन २००१ मा भयो ।

चीन, रुस, काजाकिस्तान, कीर्गिस्तान, तजाकिस्तान र उज्बेकिस्तानले 'शंघाई को–ऑपरेशन ऑर्गेनाइजेशन’को स्थापना गरेका थिए ।

पछि जातीय र धार्मिक तनावलाई हटाउनुका साथै व्यापार र लगानी बढाउनेमा पनि जोड दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्