२८ जेठ २०८३, बिहीबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितलाई राहत सामग्री प्रदान

असोज ३०, २०८१
काठमाडौं
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितलाई राहत सामग्री प्रदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओखलढुंगा, धनकुटा र गुर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरूलाई राहत सामग्री प्रदान गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ ।

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशूले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको थियो । कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ ।

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको हुँदा सो घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गुर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक आर्थिक रुपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए ।

प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको उनको भनाइ छ । आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपङ्क्तिमा रहेर सहयोग गर्न तयार उनले बताए ।

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्