११ असार २०८३, बिहीबार

वायु सेवा निगमले गर्‍यो ५३ करोड ९ लाख ऋण भुक्तानी

कात्तिक १, २०८१
काठमाडौं
वायु सेवा निगमले गर्‍यो ५३ करोड ९ लाख ऋण भुक्तानी

नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ ।

नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो।

दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरेको नेवानिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्