१० असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कात्तिक १, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने विषय बाहिर आएपछि ओलीविरुद्ध आयोगमा उजुरी परेको हो ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले आज आयोगमा ओलीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा भ्रष्टाचार निवारण ऐन, २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाहीको माग गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित)ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्रीले कानुन उल्लङ्घन गरेको उजुरीमा उल्लेख छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्