०५ साउन २०८३, मंगलबार

फ्रान्सेली विदेशमन्त्री समर्थन व्यक्त गर्न युक्रेनमा

कात्तिक ३, २०८१
काठमाडौं
फ्रान्सेली विदेशमन्त्री समर्थन व्यक्त गर्न युक्रेनमा

किभ– फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोट दुई दिने युक्रेन भ्रमणका लागि शनिवार किभ आइपुगेका छन् । युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्न उनी राजधानी किभ आइपुगेका हुन् ।   

फ्रान्सेली विदेशमन्त्री ब्यारोट किभमा रहँदा समकक्षी एन्ड्री सिबिगा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 

फ्रान्सको इन्टर पब्लिक रेडियोमा शुक्रवार बोल्दै विदेशमन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि सङ्कटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सहयात्रा जनाउनु रहेको उल्लेख गरेका छन् । 
  
उनले यसअघि रुसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताइएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले ‘न्यायपूर्ण र स्थायी शान्ति सुरक्षित गर्ने प्रयासमा युक्रेनलाई समर्थन जारी राख्ने’ संकल्प शुक्रवार व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई ‘विजय योजना’ प्रस्तुत गरेको केही दिनपछि ब्यारोटको युक्रेन भ्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पहललाई बढावा दिन वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनको यात्रा गरिसकेता पनि अझै पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।


 

salt training

कमेन्ट गर्नुहोस्