२९ जेठ २०८३, शुक्रबार
बालुवाटारमा दुई शीर्ष नेताको भेटवार्ता

ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

कात्तिक ४, २०८१
काठमाडौं
ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

एमाले सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो।  

 एमाले स्रोतका अनुसार आज बसेको सचिवालय बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि म्यान्डेट लिएका छन्। सोही अनुसार ओलीले छलफलका लागि देउवालाई बोलाएको स्रोतको भनाइ छ । 

 देउवासँग वार्ता गर्नकै लागि उनले सचिवालय बैठक समेत छोट्टाएका थिए।

दल विभाजन गर्नका लागि कति प्रतिशत संसदीय दल र केन्द्रीय सदस्य हुने भन्ने विषयमा ओली र देउवाबिच मतैक्यता हुन सकेको छैन । तर, एमालेको योजनामा विभिन्न दलहरू विभाजनको प्रयास भइरहेको भन्दै विपक्षी दलले शुक्रबार बैठक नै बसेर विरोध गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्