०५ असार २०८३, शुक्रबार

हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खुल्यो

कात्तिक ५, २०८१
काठमाडौं
हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खुल्यो
फाइल तस्वीर

हेटौंडा–काठमाडौंलाई जोड्ने हेटौंडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा आएको छ । 

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
 
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । 

तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि  एकतर्फी मात्र बाटो खुलेको थियो । 

सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

salt training

कमेन्ट गर्नुहोस्