१० असार २०८३, बुधबार

गण्डकीमा मन्त्रिपरिषद् विस्तारको तयारी, ​वनमन्त्री बन्दै लमजुङका पौडेल

कात्तिक ५, २०८१
पाेखरा
गण्डकीमा मन्त्रिपरिषद् विस्तारको तयारी, ​वनमन्त्री बन्दै लमजुङका पौडेल

लमजुङबाट निर्वाचित भेषबहादुर पौडेल गण्डकी प्रदेशको वनमन्त्री बन्ने भएका छन् ।

आजै शपथ हुनेगरी उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतले लोकान्तरलाई जानकारी दिए ।

समीकरणमा भागबन्डा मिलाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन लागेका हुन् ।

गण्डकीमा भागबन्डा मिलाउन मन्त्रालयको संख्या ९ पुर्‍याइएको छ ।

यसअघि राजीव गुरुङ (दीपक मनाङे)लाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

तर वन मन्त्रालयमा बजेट नहुने भनेर असन्तुष्टि जनाउँदै मनाङेले मुख्यमन्त्री पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

त्यसपछि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले नै सम्हाल्दै आएका थिए ।

यता प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी सीता सापकोटा सुवेदीले अहिलेसम्म प्रदेश प्रमुखको कार्यालयमा यसबारे कुनै जानकारी नआएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्