
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल अमेरिका जाने भएका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन उनी अमेरिका जान लागेका हुन् ।
मन्त्री पौडेल सोमबार राति वासिङ्टन डीसी प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
वासिङ्टन डीसी र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नेछन्।
उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने छन् ।