१० असार २०८३, बुधबार

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

कात्तिक ६, २०८१
दाङ
राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् । 

“कोरोना पछि सबैतिरको व्यापार ठप्प छ । होटेल व्यवसायी थप मारका बेला विस्तारै चलायमान बन्दै गएको छ”, कुमाख क्याफेका सञ्चालक तुफान केसीले भने, “यस्तो बेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म सञ्चालन गर्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा परेका केसीले उल्लेख गरे ।  

राति गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्येनजर गर्नुपर्ने भन्दै केसीले राति ११÷१२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने बताउनुभयो । बाहिरबाट आउने आगन्तुकलाई बस्ने, खाने व्यवस्थाप्रति स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।  

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले राति ९ बजे बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्