
नेपालको लागि टाटा मोटर्सको एक मात्रै आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले कोशी प्रदेशको इटहरीमा विशेष औपचारिक कार्यक्रमका बीच टाटाका एसईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडी सार्वजनिक गरेको छ ।
दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकको खुसियालीको सारथिकै रूपमा नयाँ मोडेल ल्याइएको कम्पनीले जनाएको छ ।
टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरूको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरूले एसीईभी फ्ल्याटबेड २१ लाख ९९ हजार र सीएलभी विद्युतीय गाडीका २२ लाख ७९ हजार रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजनाअन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरूमा ५० हजार रुपैयाँसम्मको विशेष नगद छुटको व्यवस्था गरेको छ ।
यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बीमा सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेन्ज बोनसका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैंले नै व्यहोर्ने लगायतका थप सेवा/सुविधा प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लालबहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्बर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरलगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका सहायक महाप्रबन्धक दिवसबाबु सुवेदीले विद्युतीय गाडीहरूको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती रहेको बताए ।
