२५ जेठ २०८३, सोमबार

हिजबुल्लाह नेताका सम्भावित उत्तराधिकारी मारिएको इजरायली सेनाको दाबी

कात्तिक ७, २०८१
काठमाडौं
हिजबुल्लाह नेताका सम्भावित उत्तराधिकारी मारिएको इजरायली सेनाको दाबी
तस्वीर : सीएनएन ।

हिजबुल्लाह नेताका सम्भावित उत्तराधिकारी करिब ३ हप्ताअघिकै हमलामा मारिएको इजरायली सेनाले दाबी गरेको छ ।

हिजबुल्लाहका दिवंगत नेता हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी हासेम सफीद्दीनसहित अन्य कमाण्डरहरू लगभग तीन हप्ता अघि बेरुतमा भएको आक्रमणमा मारिएको इजरायली रक्षा बलले दाबी गरेको सीएनएनले जनाएको छ ।

समाचारमा जनाइएअनुसार ​हिजबुल्लाहले भने हालसम्म यो दाबी पुष्टि गरेको छैन ।

'इजरायली वायुसेनाले बेरुतको दक्षिणी उपनगरमा रहेको हिजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयमा तीन हप्ताअघि आक्रमण गर्दा सफीद्दिन मारिएका हुन्,' इजरायली रक्षा बलले भनेको छ । 

आक्रमणको समयमा २५ भन्दा बढी हिजबुल्लाह सदस्यहरू गुप्तचर मुख्यालयमा थिए । हिजबुल्लाहको गुप्तचर इकाईका प्रमुख अली हुसेन हाजिमा पनि मारिएको सेनाले जनाएको छ।

इजरायली सेनाले सफीद्दीनलाई कसरी मारिएको हो भन्ने बारे कुनै विवरण प्रदान गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्