०२ साउन २०८३, शनिबार
सरकारको एक सय दिने उपलब्धि

सहकारी ठगमाथि कानूनी कारबाही अगाडि बढेको छ : प्रधानमन्त्री

कात्तिक ७, २०८१
काठमाडौं
सहकारी ठगमाथि कानूनी कारबाही अगाडि बढेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्नेमाथि कानूनी कारबाही अगाडि बढेको बताएका छन् ।

सरकारको एक सय दिने उपलब्धि सार्वजनिक गर्दै बुधबार प्रधानमन्त्री ओलीले ६ सय बढीलाई सहकारी ठगीमा कानूनी कारबाही गरेको बताएका हुन् । 

‘सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही अघि बढेको छ । हालसम्म ६०० भन्दा बढीकालार्य कानुनी कारबाही गरिएको छ । ५७५ बढी त जेलमै छन्,’ ओलीले भने, ‘सहकारी ठगलाई कारबाही गर्नेमात्रै होइन बचतकर्ताको बचत फिर्ता आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै भएको छ ।’

सय दिने उपलब्धि सार्वजनिक गर्दै उनले सरकारले उखु र दुग्ध किसानलाई भुक्तानी गरेको बताए । ​

बीमाको रकम, रासायनिक मल ल्याउने प्रबन्ध र ठेकेदारलाई भुक्तानीसहितका काम पनि सरकारले सय दिनमा गरेको उनले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्