
वरिष्ठ अधिवक्ता तथा राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले आफूविरुद्ध बिनातथ्य भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
केही सञ्चारमध्यमले आफू र आफ्नो भाई, प्रहरी महानिरीक्षक बसन्त कुँवरको नाम जोडेर भएको प्रचारबाजी तथ्यरहित, भ्रमपूर्ण र अतिरञ्जित रहेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा कानूनी व्यवसायमा कुनै पनि संस्था वा कम्पनीलाई कानूनी सल्लाह दिने तथा पक्ष विपक्षमा बहस पैरवी गर्ने अधिकार संविधान र कानूनी हकले दिएको उल्लेख गरेका छन् ।
कुँवरले कुनै पनि ठगी र प्रकरणसँग सम्बन्धित कुनै कम्पनी वा सहकारीसँग आफ्नो सम्बन्ध नभएको र यसबारे छानबिन भएमा आफू जस्तोसुकै कानूनी प्रक्रिया सामना गर्न तयार रहेको उल्लेख गरे ।
अधिवक्ता कुँवरले कानूनी व्यवसाय गर्न पाउने अधिकारमाथि प्रहार गर्दै आएका यस्ता कपोकल्पित, भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर आपत्ति जनाउँदै सर्वसाधारणलाई यस्ता समाचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति-
