०७ असार २०८३, आइतबार

बजारमा सिटामोलको अभाव

कात्तिक ८, २०८१
काठमाडौं
बजारमा सिटामोलको अभाव

 डेंगीको सङ्क्रमण बढेको अवस्थामा  बजारमा सिटामोलको अभाव भएको छ । विभिन्न माध्यमबाट यस्तो जनगुनासो आएसँगै नेपाल औषधि लिमिटेडले देशभर ध्यानाकर्षण भएको जनाएको छ । 

लिमिटेडले बिहीबार जारी गरेको विज्ञप्तिमा आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र  मागअनुसार आपूर्ति पनि हुँदै आएको स्पष्ट पारेको छ । 

यस्तै लिमिटेडले डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले काठमाडौँको बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्