२३ असार २०८३, मंगलबार

रविलाई अदालतमा उपस्थित गराइँदै

कात्तिक ८, २०८१
काठमाडौं
रविलाई अदालतमा उपस्थित गराइँदै

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

उनीमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि अदालतमा उपस्थित गराउन लागिएको हो । उनको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ। 

रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।

कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुनेगरी ६ दिनको म्याद थप भएको थियो ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्