
काठमाडौंको आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आलोकनगरस्थित भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।