
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो ।
असोज २ गते पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ भने सहकारी ठगीमै रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
सहकारी ठगीमा अनुसन्धान भइरहेकै बेला उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए ।