
पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् ।
देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार प्रदर्शन गरेपछि उनीहरूलाई अनुसन्धान प्रभावित हुने र बचत फिर्ता नपाइने हो कि भन्ने चिन्ता बढेको छ ।
त्यति मात्र होइन रास्वपा नेता, कार्यकर्ताले घरदैलो गरी सहकारीपीडितहरूलाई अप्रत्यक्ष रूपमा धम्क्याएको सङ्घर्ष समितिले जनाएको छ । गोरखापत्रमा खबर छ ।