
नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले सरकारविरुद्ध तथ्यगत विरोध गर्नुपर्ने बताएका छन् ।
माओवादीले काठमाडौंमा गर्न लागेको खबरदारी सभालाई लक्षित गर्दै उनले रास्वपा सभापति रवि लामिछानेको बचाउमा देखिनगरी विरोध गर्न नहुने बताएका हुन् ।
रविको बचाउ गरेर माओवादीले विगतमा पनि गल्ती गरेको भन्दै फेरि अर्को गल्ती गर्न नहुने उनको भनाइ छ । 'ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौं तर, हामी माओवादीले घण्टी अध्यक्षको बचाउमा अर्को गल्ती नगरौं, विगतमा उनकाबारे हामीले गम्भीर गल्ती गरिसकेका छौं,' उनले भने ।
सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन माओवादीले काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दै छ।