०५ साउन २०८३, मंगलबार

सत्ता पाउन र टिकाउन राष्ट्रियताको विषयमा सौदाबाजी गर्दिनँ : प्रधानमन्त्री ओली

कात्तिक ११, २०८१
काठमाडौं
सत्ता पाउन र टिकाउन राष्ट्रियताको विषयमा सौदाबाजी गर्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्राप्त गर्न र टिकाउन राष्ट्रियताको सवालमा सौदाबाजी नगर्ने बताएका छन् । 

नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार टिकाउन राष्ट्रियताको सवालमा सौदाबाजी र घिनलाग्दो काम नगर्ने बताएका हुन् । 

‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ अघि बढिरहेका छौं,’ ओलीले भने, ‘सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै पनि सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुँदैन ।’

null

ओलीले नाकाबन्दीको सामना गर्दा सरकारबाट बाहिरिए पनि निर्वाचनबाट आएको बताएका छन् । 

‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुगेका थियौं, तर हामी कुनै छलछाम नगरी जस्केलाबाट होइन निर्वाचनबाटै सत्तामा आयौं,’ ओलीले भने, ‘हामीले निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौं भनेको थियौं र आएरै छाड्यौं ।’

भारतले नाकाबन्दी गर्दा चीनसँग पारवहन सम्झौता गरिएको ओलीले स्मरण गराए ।

ओलीले कांग्रेससँग मिलेर बनाएको सरकारले राष्ट्रिय हित र एकताको पक्षमा काम गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्