१७ असार २०८३, बुधबार

चुनावमा पराजय भोगे पनि जापानका प्रधानमन्त्री तत्काल सरकारबाट नबाहिरिने

कात्तिक १२, २०८१
काठमाडौं
चुनावमा पराजय भोगे पनि जापानका प्रधानमन्त्री तत्काल सरकारबाट नबाहिरिने

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाएका छन् । 

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए ।  

सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का चुनावमा निकै कमजोर नतिजा देखिएको छ । 

एलडीपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्। 'म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,' इशिबाले पत्रकारसँग भने ।

राष्ट्रिय प्रसारक एनएचके र अन्य सञ्चारमाध्यमले सार्वजनिक गरेको एक्जिट पोल र नतिजाले एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदार कोमिइतोका लागि १५ वर्षयताकै सबैभन्दा खराब नतिजा देखाएपछि येनको मूल्य तीन महिनायताकै न्यून विन्दुमा झरेको छ ।

जापानको संसद्को ४५६ सदस्यीय तल्लो सदनमा कम्तीमा २३३ सिट जित्ने इशिबाको घोषित लक्ष्यपूरा गर्न उनीहरू असफल हुने अनुमान निर्वाचन सर्वेक्षण नतिजाले यसअघि  नै गरेका थिए । 

एनएचकेका अनुसार एलडीपीले १९१ सिट जितेको छ । सन् २०२१ को चुनावमा एलडीपीले २५९ र कोमेइतोले २४ सिट जितेका थिए। सोमवार साँझसम्म आधिकारिक परिणाम आउने अनुमान गरिएको छ । 

चुनावअघि जापानी सञ्चारमाध्यमले यदि निर्वाचनमा एलडिपीले हार ब्यहोर्नु परेमा इशिबाले पद छोड्ने र विश्वयुद्धपछिको समयमा जापानको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बन्नसक्ने अनुमान गरेका थिए ।

एलडिपीको निर्वाचन समितिका प्रमुख तथा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा शिन्जिरो कोइजुमीले घोषित निर्वाचन परिणामसँगै राजीनामा दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्