१९ असार २०८३, शुक्रबार

दोहोरो अङ्कले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार

कात्तिक १२, २०८१
काठमाडौं
दोहोरो अङ्कले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार

निरन्तरको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।

गत सातादेखि निरन्तर घटिरहेको नेप्से परिसूचक सोमबार २७.४१ अङ्कले बढेर २६४५.३६ को विन्दुमा पुगेको छ । 

सोमबार बजारमा १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन आइतबार मात्रै नेप्से परिसूचक ९.१९ अङ्कले घटेर २६१७.९५ को विन्दुमा बन्द भएको थियो ।

यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो । 

आज जानकी फाइनान्स कम्पनी र डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । जहाँ दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारका आधारमा नेपाल फाइनान्स ३३ करोड ७९ लाख ८८ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । 

सोमबार उप समूहतर्फका १३ वटै सूचकहरू बढेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्