२९ जेठ २०८३, शुक्रबार

लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

कात्तिक १२, २०८१
धनुषा
लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताएका छन् । 

    जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालयको सातौँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले तराई मधेसको शिक्षा राजनीतिक नेतृत्वको पहलकदमीमा स्थानीय दानविरहरुको दान र त्यागले स्थापित भए पनि पछिल्लो समय बचाउन नसकिएको बताए । 

उनले जनकपुरधामसहित धनुषाका विभिन्न तत्कालीन चर्चित विद्यालयको उदाहरण दिँदै सबै विद्यालय निर्माणको पहलकदमी राजनीतिक दलका नेताहरुले लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय राजनीतिकै कारण शिक्षा र स्वास्थ्य धराशायी बनेकामा दुःख व्यक्त गरे  । 

 पूर्वराष्ट्रपति यादवले प्राकृतिक स्रोत र कृषि उत्पादन ध्वस्त भएकाले यसमा काम गर्नुपर्ने बताए ।  कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालय स्थापनामा राज्य संयन्त्रले आनाकानी गरेकामा उक्त संयन्त्रलाई चुनौति दिएपछि मात्र स्थापना भएको स्मरण गराए । उनले विश्वविद्यालय बचाउनु सबैको कर्तव्य रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्