
साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएसँगै नेपाली महिला टोलीका मुख्य प्रशिक्षकले जिम्मेवारीबाट अलग हुने बताएका छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पोस्ट म्याच कन्फरेनसका क्रममा पद छाड्ने घोषणा गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
पराजित भएसँगै नेपालको प्रतियोगितामा पहिलो पटक उपाधि जित्ने सपना चकनाचुर बनेको थियो ।