
भारतको राजधानी दिल्लीको शाहदरामा गोली चल्दा एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । दिपावलीको रात दिल्लीको शाहदरा क्षेत्रमा गोली चलेको हो ।
गोलीबारीमा एक नाबालकसहित दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एक दश वर्षीय बालकलाई पनि गोली लागेको समाचारमा उल्लेख छ ।
पीडित तीनै जना एकै परिवारका हुन् ।
पीटीआई समाचारका अनुसार पीडितहरू शाहदराको फर्श बजार क्षेत्रमा आफ्नो घर बाहिर दीपावली मनाइरहेका बेला गोली चलेको हो ।